ख्रीष्टमस २०२४ लाई लक्षित गर्दै एड्रिन देवानको स्वरमा 'येशूको माया...' ख्रीष्टमस म्युजिक भिडियो आउँदै
०२ नोभेम्बर, २०२४ । युनाइटेड किंगडम । विश्वव्यापीरुपमा मनाइने येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमसलाई लक्षित गर्दै क्यानडमा भएको नेपालीभाषी चर्चका थ्रि ब्रदर्स समूहले आफ्ना दर्शकका लागि ख्रीष्टमस म्यूजिक भिडियो ल्याउने तयारी गरेका छन् ।
क्यानडास्थित थ्रि ब्रदर्स समूहका संयोजक पास्टर प्रकाश तिम्सिनाले आगामी ख्रीष्टमस २०२४ लाई लक्षित गर्दै येशूको माया...बोलको ख्रीष्टमस म्यूजिक भिडियो आगामी १२ नोभेम्बर २०२४ मा प्रकाश तिम्सिना मिनिस्ट्रिज अफिसियल युट्युब च्यानलमा सार्वजनिक गर्ने बताउनु भयो । उहाँले यही च्यानलमा गत मंगलबार भने उक्त ख्रीष्टमस म्यूजिक भिडियोको ट्रिजर सार्वजनिक गरि सक्नु भएको छ ।
गायक देवानले आफ्नो फेसवुक स्टाटसमा येशूको माया...बोलको ख्रीष्टमस भजन गीतमा आफूले गाएकोमध्येको उत्कृष्ठ स्वर दिएको कुरा उल्लेख गर्नु भएको छ ।
येशूको माया...ख्रीष्टमस म्युजिक भिडियो थ्रि ब्रदर्स समूहले कम्पोज गरेको हो भने पास्टर एड्रिन देवानले स्वर दिनु भएको छ । यो ख्रीष्टमस भजन गीत डेन स्टुडियोमा रेकर्ड गरिएको हो । यस अघि पनि थ्रि ब्रर्दस समूहले बेथलेहमको गाउँमा...र बालक येशू...बोलको ख्रीष्टमस भजन गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरि सकेको छ ।
थ्रि ब्रदर्स समूहले येशूको माया...बोलको म्यूजिक भिडियो युट्युबमा प्रसारण तथा सार्वजनिक गरिसकेपछि दर्शकका रचनात्मक प्रतिक्रियाको आशा गरेको छ ।
Music Video Link: https://youtu.be/Q9PyeA9vTQI?si=t5PJT6ld6bz7B4D6











(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस