अमेरिकामा विएनसीएको १३औँ वार्षिक शिखर सम्मेलन सुरु
जुलाई ३,काठमाडौं । अमेरिकामा रहेका नेपालीभाषी चर्चहरूको छाता संस्था भुटनिज नेपाली चर्चेज अफ अमेरिका (BNCA) को १३औँ वार्षिक शिखर सम्मेलन विविध कार्यक्रमका साथ शुक्रबार अमेरिकाको ओहायो राज्यमा सुरु भएको छ।
विएनसीएका अध्यक्ष पास्टर सान राईका अनुसार सम्मेलन जुलाई २ देखि सुरु भई जुलाई ४ मा समापन हुनेछ। विएनसीएले हरेक वर्ष अमेरिकाका विभिन्न राज्यहरूमा वार्षिक शिखर सम्मेलन आयोजना गर्दै आएको छ।
यस वर्षको सम्मेलनमा विएनसीएअन्तर्गत रहेका अमेरिकाभरिका सयौँ चर्चका पास्टर, अगुवा तथा विश्वासी सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ।
अध्यक्ष राईका अनुसार यस वर्षको सम्मेलन "Build to Lead" भन्ने मूल विषय (Theme) मा केन्द्रित रहेको छ। सम्मेलनमा आत्मिक जागरण, नेतृत्व विकास, आराधना, बाइबल शिक्षा, प्रार्थना, अनुभव आदान–प्रदान तथा सहकार्यलाई विशेष प्राथमिकता दिइएको छ।
अमेरिका र क्यानडामा रहेका भुटानी–नेपाली चर्चहरूका पास्टर, अगुवा तथा सदस्यहरूले हरेक वर्ष आयोजना हुने यस शिखर सम्मेलनलाई उत्साहपूर्वक मनाउने गरेका छन्। सम्मेलनले विभिन्न चर्चबीचको एकता, सहकार्य र नेतृत्व विकासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। तस्बिरहरुः पास्टर रोबर्ट सुबेरी, अमेरिका








(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस