पास्टर विनय भण्डारीको 'ड्रिमरस क्वालिफिकेसन' पुस्तक विमोचन

२८ जेठ ०८२ । काठमाडौं । अमेरिकाको पेनसेलभिनियास्थित वर्ड एण्ड लाइफ चर्चका सिनियर पास्टर विनय भण्डारीद्धारा लिखित ‘ड्रिमरस क्वालिफिकेसन’ नामक अंग्रेजी भाषाको पुस्तक विमोचन गरिएको छ । 


वर्ड एण्ड लाइफ मिनिष्ट्रिद्धारा वर्ड एण्ड लाइफ चर्च पिचवर्गमा आयोजित विमोचन समारोहमा अमेरिकामा भएका भुटानिज नेपालीभाषी चर्चका पास्टरअगुवाहरुले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।


विमोचित पुस्तक २०० पृष्ठको छ, लेखक भण्डारीका अनुसार उक्त पुस्तकको नेपाली संस्करण जुन २२ तारिख भक्तपुरमा विमोचन गरिने कार्यक्रम तय भएको छ । 
विमोचित पुस्तक अमेजनमा अनलाइन उपलब्ध छ । 


प्रतिकृया दिनुहोस