१२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह "बिश्वासका रक्षकहरु" नामक पुस्तक बिमोचन
तुरही न्यूज । ललितपुर । १७ मंसिर ०७९ । नेपाली ख्रीष्टियन जगतका विश्वासका १२५ जना रक्षाशास्त्रीको जीवनी सङ्ग्रह "बिश्वासका रक्षकहरु" नामक पुस्तक आज लोकार्पण भएको छ । ललितपुरको एकान्तकुना स्थित क्वालिटी फुडल्याण्डमा एक कार्यक्रम गरि सो पुस्तकको बिमोचन गरिएको थियो । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने व्यक्तिलाई रक्षाशास्त्री भनिन्छ ।
लेखक कमल अधिकारीद्वारा सम्पादन गरिएको यस पुस्तकमा नेपालका सातै प्रदेशका २५ जना लेखकहरु निकै अनुसन्धान सहितको मिहेनत देखिन्छ । "बिश्वासका रक्षकहरु" नामक पुस्तकमा येशूको समयदेखि वर्तमान समयसम्म सयौँ मानिसले बौद्धिक रूपमा आफ्नो ख्रीष्टियन विश्वासको पक्षमा वकालत गर्दै आएका थिए । त्यस मध्य पनि यो पुस्तक तिनै १२५ जना रक्षकहरूको सङ्ग्रह हो । १२५ जनाको जीवन संग्रह भएको यस पुस्तकलाई सात भाग गरि बिषय सुची छुट्याईएको छ । मुल्य रु २२०/- रहेको यस पुस्तकमा जम्मा २४८ पेज रहेको छ ।
लेखक तथा सम्पादक कमल अधिकारीका अनुसार यो पुस्तक लेखन कार्य ख्रीष्टाब्द २०२२ को जनवरी देखि सुरु गरेर प्रकाशनसम्म आइपुग्द ११ महिना भित्र तयार भएको छ । यस पुस्तकको लोकार्पण अलिकति पृथक तवरले गरिएको थियो । जहाँ लेखक, संचारकर्मी र कार्यक्रममा उपस्थित भएका व्यक्तिहरुद्वारा यस पुस्तकको बिमोचन भएको थियो ।











(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस