एक इस्रायली युवा चायमको प्रेरणादायी कथा
चायम मालेस्पिनका आमाबुवा हिप्पीहरुको पनि हिप्पी हुन् । १६ वर्षको उमेरमा उहाँकी आमा तेहिला आफ्नो शोषण हुने घरबाट भागेर हलिउडको रङ्गीन दुनियाँमा भविष्य खोज्न प्रवेश गर्नुभएको थियो । हिप्पीहरुको आन्दोलन चर्किएको त्यस बखत उहाँ पनि भियतनमको लागि आवाज उठाउँदै र स्वतन्त्र प्रेम र विश्व शान्तिको अवधारणालाई अंगाल्दै हिँडिरहनु भएको थियो । यसरी नै दिनहरु बित्दै थिए । एकदिनको कुरा हो, जब उहाँ एउटा पार्टीमा हुनुहुन्थ्यो, रात ढल्किरहेको बेला एकजना सेतो वस्त्र पहिरिएको व्यक्ति आफूतिर आएर “तिमी अहिले हिँडिरहेको बाटोले मृत्युमा पुर्याउँछ, मलाई पछ्याउ र म तिमीलाई पवित्र पार्नेछु ” भनेको देख्नु भयो । तुरुन्तै उहाँले त्यो पार्टी र त्यस किसिमको जीवनशैलीलाई त्याग्नुभयो अनि गीत लेख्ने आफ्नो वरदानलाई निरन्तरता दिँदै र बाटोबाटोमा गिटार बोकेर परमेश्वरको आराधनाको गीतहरु गाउँदै हिँड्नुभयो ।
चायमको बुवा रुबेनचाहिँ धार्मिक यहूदी परिवारमा हुर्कनुभयो, र बाल्यकालको अधिकांश समय येशिवा (यहूदीहरुको धार्मिक विद्यालय)मा अध्ययन गर्दै बिताउनुभयो । अध्ययनको क्रममा रब्बीहरुबाटको शिक्षामा धर्मशास्त्रको अर्थपूर्ण व्याख्या पाएपनि, ती शिक्षाले उहाँलाई पुर्ण सन्तुष्टि मिलेन र यसैकारण सत्यको खोजीमा बाटोमा भौतारिन थाल्नुभयो । बाटोमा उहाँले अनेकौं मानिसहरु भेट्नुहुन्थ्यो कारण त्यो समयमा धेरै जना जीवनको अर्थ र धेरै प्रश्नहरुको उत्तरको खोजीमा हिँडिरहेका थिए ।
एकदिन रुबेन बाटोमा डुलिरहेको बेला एउटा कुनामा गीत गाईरहेकी एकजना महिलालाई देख्नुभयो । ती महिलाको मर्मस्पर्शी गीतले उहाँको ध्यानाकर्षण गरे र उहाँले ती महिलासँग मित्रता गास्नुभयो । पछि गएर तिनै महिलासँग रुबेनको विवाह हुनेथियो, जसलाई उहाँले विवाहको औंठीस्वरुप एउटा बाङ्गिएको कोकको बिर्को दिनुभएको थियो । छिटै नै, जब येशू ख्रिस्टको सुसमाचार जोडतोडका साथ फैलिईरहेको थियो, उहाँले बुझ्नुभयो कि मानिसहरुले कुरा गरेको येशू ख्रिस्ट अरु कोहि नभएर यहूदी येशूवा हुनुहुन्थ्यो, यहूदीहरुलाई परमेश्वरमा पुनर्मिलन गर्न आउनुभएको थियो । उक्त नवोदित विश्वासको कारण आफ्नो यहूदी परिवारबाट रुवेनलाई निकालियो पनि ।
बदलिदो समय र परिस्थिति सँगै रुवेन र तेहिलाले पनि हिप्पी जीवनशैली अङ्गाल्नुभयो, र संसारबाट अलगिएर परमेश्वरमा आफ्नो जीवन पूर्ण रूपमा सुम्पेर जिउने निर्णय लिनुभयो । वर्षौसम्म विश्वासीहरु नभएको ठाउँहरु खोज्दै उहाँहरु घुमन्ते जीवन यापन गर्नुभयो । हरेक नयाँ ठाउँमा पुग्नेबित्तिकै रुवेनले मशिह येशूवाको बारेमा बताउन त्यो ठाउँ वरिपरि यहूदीहरु खोज्नुहुन्थ्यो । समय बित्दैजाँदा बढ्दो मालेस्पिन परिवारमा दोश्रो सन्तानको रूपमा चायमको जन्म हुन्छ । जब तेस्रो सन्तानको जन्म भयो, उहाँहरुले अब बच्चाहरु हुर्काउनको लागि स्थायी ठाउँ खोज्ने निर्णय गर्नु भयो । एकजना मित्रले उहाँहरुलाई अमिश समाजमा स्थानान्तरण हुने सल्लाह दिनुभयो ।
“म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।” (यर्मिया ३स्१४)
अमिशहरुको साथमा मालेस्पीन परिवार
अमिशहरु उहाँहरु प्रति एकदम जाति थिए, तर आफ्नो समाज र आफ्ना मानिसहरु बाट टाढिएर बस्नु पर्दा संघर्ष बढ्दै गयो । कालन्तरमा केहि परिवार सँग मिलेर एउटा समाज गठन गर्नुभयो जसले रुढिवादी भएपनि कार र विद्युतको उपयोगलाई स्विकार्थ्यो । बाहिरी समाजसँग सम्बन्ध बढ्दैजाँदा रुवेनमा इस्रायलका हराएका भेडाहरुप्रतिको स्नेहरबोझ सदाभन्दा बढ्ता हुनगयो ।
तर, यहूदीहरूप्रतिको बोझ एउटा हृदयको चाहना मात्र नभएर त्यो चाहना यहूदी भूमिको लागि पनि थियो । यो भावनाले रुवेन र तेहिलाको हृदयलाई निरन्तर अत्ताउदै रहन्थ्यो, जससँग यहूदीहरुको परमेश्वर र यहूदी भूमिमा पुनस्थापना जोडिएको थियो । उनीहरु स्वर्गमा हुनुहुने परमेश्वरकहाँ त फर्किएका थिए, तर अब उनीहरु आफ्नो पिता(पुर्खाको भूमिमा पनि फर्कनुथियो ।
तरैपनि, ६ जना बालबच्चालाई लिएर विदेशी भूमिमा जानु सजिलो काम भने थिएन । यसैकारण उनीहरुले परमेश्वरले उनीहरु साच्चै इस्रायलमा गएको चाहनुहुन्थ्यो भनेर जान्नको लागि उहाँसँग चिन्हको लागि प्रार्थना गरे । जब उनीहरु परमेश्वरमा पर्खे, उनीहरुका हृदय परमेश्वरले इस्रायलीहरुलाई उनीहरुको भूमिमा पुनस्थापना गर्नुहुन्छ भनी बोल्नुभएको ७०० भन्दा बढी वचनले भरिए ।
एउटा साँझ स्थानीय सामाजिक केन्द्रमा उहाँको भेट एक जना लामो सेतो दाह्री(कपाल भएको व्यक्तिसँग भयो । आफ्नो परिचय दिंदै त्यो व्यक्तिले भने, “मेरो नाम जबुलुन हो । जसै म यो शहर भएर जाँदै थिएँ, मैले यो महशुस गरेँ कि यहाँ एउटा यस्तो परिवार छ, जसले आफ्नो प्रतिज्ञाको भुमि इस्रायल फर्की जान परमेश्वरसँग चिन्हको माग गरिरहेको छ । यसकारण त्यो परिवारको लागि मैले चिन्ह ल्याएको छु ।“
तत्पश्चात्, ती मानिसले रुवेनलाई सुनका सिक्काले भरिएको एउटा सानो झोला हस्तान्तरण गरे ।
तब मालेस्पिनहरुले यशैया ४९स्२२ मा उनीहरुले अध्ययन र प्रार्थना गरिरहेको वचन बुझेस जहाँ यस्तो लेखिएको छस्
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छस् “हेर, म अन्यजातिहरुलाई हातको इशाराले बोलाउनेछु र मेरो झन्डा जाति(जातिहरुका सामुन्ने खडा गर्नेछु । तिनीहरुले तेरा छोराहरुलाई आफ्ना हातमा बोकेर ल्याईदिनेछन्, र तेरा छोरीहरुचाहिँ तिनीहरुका काँधमा बोकेर ल्याउनेछन् ।...“
यो घटनासँगै उनीहरुले फर्किनुपर्छ भन्ने निश्चयता पनि पाए, अनि सँगसँगै धर्मशास्त्रमा लेखिएझै अन्यजातिहरुले नै उनीहरुलाई फर्काइदिनेछन भन्ने कुरा पनि पुरा भयो ।
तब झट्टै मालेस्पिनहरुले आफ्नो सबै सम्पत्ति बेचेर आठ वटा इस्रायल जाने एकतर्फी टिकट किने ।
परलोकको कठिन बाटो
कहिलेकाहिँ परमेश्वरले एउटा आश्चर्य काम गर्नुहुन्छ, र त्यसैबाट ठुलो परिवर्तन हुन्छ अनि कहिलेकाहिँ उहाँले यसरी काम गर्नुहुन्छ, जसद्वारा तपाइँको जीवनमा ठुलो परिवर्तनको लागि तयार हुन तपाइँमा विश्वास निर्माण गर्ने काम हुन्छ ।
मालेस्पिनहरुलाई पनि इस्रायलमा शुरुका केहि वर्षमा कठिन थियो । सुनका सिक्काबाट उनीहरुको गास र कपास टरेपनि त्यहाँको कार्यव्यवस्था, संस्कृति र भाषासँग परिचित हुन उनीहरुले ठुलो संघर्ष गर्नुपर्यो । त्यहाँ उनीहरुको नजिकको नातेदार पनि भएन, न त उनीहरुलाई घुलमिल हुन साहयता हुने कुनै कार्यक्रम नै थियो । यसका बाबजुद पनि उनीहरु परमेश्वरले नै उनीहरुलाई इस्रायलमा बोलाएर ल्याउनु भएको हो भन्ने कुरामा विश्वस्त रहिरहे, साथै हरेक बन्द ढोकालाई अर्को ढोका ढक्ढक्याउने चिन्हको रूपमा लिए ।
अन्ततस् मालेस्पिनहरुको परिवारमा चायम, उनका जेठा दाजु एफ्राइम र कान्छा भाइ मोशेबाट परिवर्तन शुरु भयो । उनीहरु तीनै जना सेनामा भर्ती भएर सेवा गर्न लायक भए । दृढ कार्यशक्ति, आफ्नो भुमि प्रतिको उत्साह र मन्द मुस्कानको कारण चायम इस्रायलको सबै भन्दा उच्च सैन्य दल “यहालोम“ (म्क्ष्ब्ःइल्म्) मा भर्ती भए । उनका अरु दाजुभाई पनि सेनामा तीन वर्ष काम गरेपछि आजसम्म पनि रिजर्वको रूपमा कार्यरत छन् ।
पछि के भयो त?
सैन्य सेवाबाट अवकाश लिएपछि चायम तेल(अवीवमा एक सफल सिकर्मीको समुहको नाइकेको रूपमा स्थापित भए । इस्रायलीहरुको बिचमा मात्र रहँदा चायमले उनी अब कहिल्यै अंग्रेजी बोल्नु पर्नेछैन भनि कल्पना गरेका थिए । तर, उनले धेरै परिवारका कथाहरु सुने, जो उनको आफ्नै परिवारलेझैँ इस्रायलमा घुलमिल हुन संघर्षरत थिए ।
धर्मशास्त्रमा इस्रायलको पुनस्थापना र परमेश्वरको प्रतिज्ञाका वचनहरु उनको परिवारमा अध्ययन गर्न थालेदेखि नै चायमलाई इस्रायलमा फर्की जानुपर्ने कुराको बोध भएको थियो । तर उनले जताततै इस्रायलीहरुलाई इस्रायल फर्कन मात्र सहायता गर्ने संघसंस्थाहरु देखे । तैपनि कसैले त्यहाँको स्थानीय समाजमा घुलमिल हुन सहायता नगरेको कारण इस्रायल प्रवेश गरेको केहि वर्षमा नै ठुलो संख्यामा मानिसहरु बाहिरिन्थे ।
एक दिन तेल(अवीवको एउटा आराधना सेवामा चायमले एउटी सुन्दर स्त्रीलाई भेटे । ती स्त्रीले बताइन कि उनका बाबुले क्यानाडामा रहेर पहिल्लो तीस वर्षदेखि यहूदीहरुलाई इस्रायल फर्कन सहयोग गरिरहेका थिए । तसर्थ, जब चायमले उनलाई यहूदीहरु इस्रायलमा आइपुगेपछि घुलमिल हुन सहायता गर्ने आफ्नो इच्छा व्यक्त गरे, ती स्त्रीका बाबु पनि उनलाई सहयोग गर्न पूर्ण राजी भए । अन्ततस् चायम आफ्नो सपना पुरा गर्न गालीलमा गए र त्यहिँ नै ती महिलासँग उनको विवाह भयो र हाल उनीहरुका दुई सन्तान पनि छन् ।
चायमले गालील समुद्रको किनारमा वेवारिसे अवस्थामा रहेको एउटा क्याम्पसको परिसर फेला पारे, अनि अनुमति लिएर त्यहाँका प्रत्येक भवनलाई नव आगन्तुक यहूदी परिवारलाई स्वागत गर्ने अस्थायी घरमा परिणत गर्ने महत्वकांक्षी योजना अघि बढाए । यसको नाम पछि गएर “अलियाह रिटर्न सेन्टर“ (ब्ष्थिबज च्भतगचल ऋभलतभच) भयो, जहाँ विश्वभारबाट स्वयंसेवकहरु आएर चायमलाई हरेक भवनलाई पुननिर्माण गर्न दिलोज्यानले सहयोग गरे ।
“तिनीहरुलाई भलै गर्नमा नै म खुशी हुनेछु, र निश्चय नै तिनीहरुलाई यस देशमा म मेरो पुरा हृदय र प्राण बसाल्नेछु ।“ (यर्मिया
३२स्द्धज्ञ)
उनीहरुलाई इस्रायलमा ल्याउनु मात्र पर्याप्त छैन ।
“माओजÞ इस्रायल“ (ःबयश क्ष्कचबभ)ि नामक संस्थालाई सन् १९७६मा स्थापना गर्दा मेरा आमाबुवा (अरि र शिरा)को मुख्य उद्देश्य भनेको आप्रवाशी इस्रायलीहरुलाई इस्रायलमा घुलमिल हुन साहयता पुर्याउनु नै थियो । यसैकारण, हामीले एउटा ठुलो सभा नै संचलान गर्न मिल्ने भवन निर्माण गरेर नव आगन्तुक इस्रायलीहरुलाई शरण दिन शुरु गर्यौँ । त्यो घरमा कोहि न कोहि एक हप्ता, अथवा एक महिना वा वर्षसम्म नै सधैँ शरण लिईरहेको हुन्थ्यो । उनीहरु आफु आत्मनिर्भर भएपश्चात हाम्रो घरबाट जाने गर्थे ।
तर, आजकाल सबै कुरा एकदम छिट्टोछिट्टो हुँदैछ, र मानिसहरुको संख्या पनि दिनानुदिन वृद्धि हुँदैछ । चायमको कामबाट सयौं आप्रवासीहरुले सेवा पाएका छन्, भने धेरै जनाले अझै सेवा पाउन बाँकी छ । इस्रायलको आप्रवसान सम्बन्धि नियम अवलम्बन गर्न एकदम कठिन छ, साथसाथै यहाँको भाषा र संस्कृति धेरै जटिल अनि यहाँ बसोबास गर्न धेरै खर्च लाग्छ । यसकारण अरु देशमा इन्जिनियर र धेरै कमाइ गर्ने व्यापारीहरु पनि स्कुलको गार्ड अथवा बैंकको क्यासिअरको काम गर्नुपर्ने कुरा सामान्य भइसक्यो । तसर्थ, दक्ष जनशक्तिलाई नयाँ परिवेशमा उपयुक्त रूपमा परिचालन गर्न सके मात्र उनीहरुको शीप र ज्ञानलाई प्रयोग ल्याउन सकिन्छ ।
नयाँ यहूदी आप्रवासीहरुसँग शबाथको भोज
परमेश्वरले इस्रायलीहरुलाई जम्मा गर्दै हुनुहुन्छ, अनि चायम उनीहरुसँगसँगै हिंड्न, उनीहरुलाई घर खोजिदिने, व्यापार शुरु गर्ने, हिब्रु भाषा सिक्ने देखि लिएर आवश्यक परेका सबै कुरामा साहयता गर्ने काम गर्न ढोकैमा खडा छन् ।
यहूदीहरुलाई इस्रायलमा फिर्ता पठाएर मात्र पर्याप्त हुँदैन । यदि परिवारहरू राम्रोसँग स्थापित भएनन् भने अधिकांश निर्वा्सित भएको देशमा फर्केर जाने गर्छन् । यो सँगै उनीहरुको प्रतिज्ञाको भूमिमा जिउने सपना अधुरो नै हुन्छ, अनि एउटा पुस्ताले आफ्नो प्रतिज्ञा यतिकैमा गुमाउनु पर्ने हुन्छ ।
परमेश्वरले उहाँका मानिसहरुलाई इस्रायलमा भेला गराउन तयारी गर्न हामीलाई आव्हान गर्नुहुँदै छ, र यो आव्हान हामीलाई मात्र नभएर राष्ट्रहरुलाई पनि हो ।
“...अनि यसो भनिनेछस् बनाओ, बनाओ, मूलबाटो तयार गर! मेरो प्रजाको बाटोदेखि बाधा हटाओ ।...“ ( यशैया ५७स्१४
अलियाह रिटर्न सेन्टरको टोलीद्वारा एउटा भवन पुनस्थापना गरिँदै
“हे जाति(जाति हो, परमप्रभुको वचन सुन । टाढा(टाढा समुद्र(किनारका देशहरुमा घोषणा गरस् ’इस्रायललाई तितरबितर पार्नेले तिनीहरुलाई भेला गर्नुहुनेछ, र गोठालोले आफ्नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरुलाई रक्षा गर्नुहुनेछ’ । (यर्मिया३१स्१०)
अलियाह रिटर्न सेन्टर, सहायताको सम्बन्धमा
प्रिय माओजका मित्र,
आजका मसीही यहूदीहरू इस्रायलका विभिन्न क्षेत्रहरुमा प्रभाव पार्न सफल भएका छन् । हाम्रो समुदायमा पनि धेरै मसीही विश्वासीहरू छन जो वकिल, दन्त चिकित्सक, कोही अनुमति प्राप्त परामर्शदाता, अथवा शिक्षक, त कोही उद्यमी छन् भने धेरै जना हाइ(टेक उद्योगमा कार्यक्रत छन् ।
यसबाहेक, पूर्णकालीन सेवकाइमा संलग्न युवा अगुवाहरुको समुहले विश्वासीहरूको बीचमा मात्र नभई सबै क्षेत्रका इस्रायलीहरुबीच उललेखनीय कार्य गरिरहेका छन् ।
चायम मालेस्पीन पनि इस्रायलको लागि परमप्रभुका एक असल सेवक हुन् । उनी र उनकी श्रीमती डिअना, आफै आप्रवासी भएको कारण आप्रवासीहरुले नौलो देशमा आएर त्यहाँको भाषा र संस्कृतिसँग घुलमिल हुन भोग्नु परेका कठिनाइहरुसँग राम्रोसँग परिचित छन् ।
इस्रायल सरकार र अन्य गैरसरकारी संस्थाहरु विश्वभर छरिएर रहेका यहूदीहरुलाई फिर्ता ल्याउन अथकरूपमा प्रयासरत छन् । तर, ती नव आगन्तुक यहूदीहरूलाई इस्रायलमा पाइला टेकेपश्चात त्यहाँ घुलमिल हुन सहायता गर्ने संस्थाहरुको संख्या नगण्य छ । साँचो अर्थमा भन्नुपर्दा उनीहरु यहाँ हराएका प्राणजस्तै छन् । न उनीहरु यहाँको भाषासँग परिचित छन्, न त उनीहरुलाई यहाँको कार्यप्रणली र स्कुलको विधि नै थाहा छ । उनीहरुलाई सहायताको खाँचो छ । यसकारण मालेस्पीनहरु यहि क्षेत्रमा सेवारत छन् ।
नयाँ आप्रवासीहरुलाई दया देखाउन सकिने एउटा माध्यम भनेको उनीहरुसँग मित्रता गाँसेर हो । उनीहरुलाई यस कठिन र संवेदनशील अवस्थामा सहानुभूति देखाउन सक्ने व्यक्तिले नै उनीहरुको जीवनमा ठुलो भिन्नता ल्याउन सक्छन्, अनि यसैबाट उनीहरु प्रतिज्ञाको भूमिमा नै रहने कि हार मानेर पहिलाको देशमा नै फर्केर जाने भन्ने कुरा निर्धारण हुन्छ ।
चायम, डिअना र उनीहरुको असल स्वयंसेवकको टोलीले नव आगन्तुक आप्रवासीहरुलाई उनीहरुको नयाँ जीवनशैलीमा घुलमिल हुन सहायता गर्दै गर्दा येशूको प्रेम झल्किएको आभास हुन्छ । ती आप्रवासीहरु इस्रायलमा पाइला टेक्ने बित्तिकै उनीहरुले तिनीहरुलाई शरण दिने, खाना खुवाउने, आदि गर्छन् । ती आप्रवासीहरुको नयाँ जीवनशैली सरल होस् भनि यो कार्य हप्ताहरुदेखि लिएर महिनौसम्म चल्ने गर्छ ।
उनीहरुले तिनीहरुलाई आफ्नो अँगालोमा स्वीकार गरेर उनीहरुसँगै नागरिकता लिने, देखि सबै सुविधहरुबारे बुझ्न साथसाथै गईदिने गर्छन् । उनीहरु व्यक्तिगत रूपमै आप्रवासीहरुसँग भाषाको कक्षामा भर्ना गर्न गईदिने, बैंक खाता खोल्न गईदिने, बस्ने स्थायी ठाउँ खोज्न गईदिने, व्यवसाय शुरु गर्न साहयता गर्ने, आदि गर्छन् ।
चायम र डिअनाको उद्देश्य नै प्रत्येक आप्रवासी परिवार वा व्यक्तिलाई इस्रायलको स्थानीय समाजमा स्थापित गर्नु हो । अनि, कसरि आफ्नो भविष्य अघि बढाउने भनेर अज्ञान रहेकाहरुको लागि चायमले छ(महिने खेतीकिसानी सम्बन्धी तालिमको पनि व्यवस्था गरेका छन् ।
हामी जान्दछौँ कि हाम्रै समयमा, हाम्रै आँखा अगाडि परमेश्वरको प्रतिज्ञाहरु पुरा भएको देख्ने इच्छा तपाई गर्नुहुन्छ । जसरी बेन यहूदा र उनको परिवारले आफैलाई प्रतिज्ञाको भुमि पुनस्थापना गर्न र यहूदी जातिको भाषालाई जिवन्त गराउन आफैलाई समर्पण गरेथे, हाम्रो पुस्तालाई पनि संसारभर छरिएर रहेका यहूदीहरूलाई इस्रायलमा पुनस्थापना गर्ने परमेश्वरको प्रतिज्ञा पुरा गर्न सहकार्य गर्ने अवसर आएको छ । प्रभु, यस्तै होस्!
सियोनको लागि !
अरि र शिरा सोर्को र चायम
(भावानुवादः दिवस सापकोटा)

.jpeg)
.jpeg)
.png)







(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस