काठमाडौंमा दुई दिने 'डिसाइपल समिट' सम्पन्न


२४ जेठ २०८० । काठमाडौं  । जीवन दिने मण्डली र वर्ड अफ होप नेपालको संयोजनमा द रुफटप यूएसएले काठमाडौंमा दुई दिने डिसाइपल समिट सम्पन्न गरेको छ । 


मंगलबार टिकाथलीको जीवन दिने चर्चमा आयोजित समिटमा द रुफटपका अन्तराष्ट्रिय अध्यक्षसहित पाँच जना सदस्यहरु सहभागी भएर डिसाइपलसिप विषयमा प्रभावकारीरुपमा सिकाउनु भएको कुरा समिटका कार्यक्रम संयोजक पास्टर विश्वदेव खड्काले तुरही न्यूजलाई जानकारी गराउनु भयो ।
 

समिटमा द रुफटपका अध्यक्ष डेनिस पेथर्स, अन्तराष्ट्रिय अध्यक्ष स्टीफन गौक्रोगर, कार्यकारी पायनियर जोन ह्वेली, ल्याटिन अमेरिका पायनियर विलियम अर्वेलाज र पास्टर विश्वदेव खड्काले मंगलबार र वुधबार डिसाइपलसिप विषयमा सिकाउनु भयो ।


समिटका संयोजक पास्टर विश्वदेव खड्काका अनुसार द रुफटपले विश्वका विभिन्न सहरमा यस्तो खालको चेलापन शिखर सम्मेलन आयोजना गर्दै आएको हुनाले नेपालमा भने यो पहिलो पटक आयोजना भएको हो । 


यही जुन महिनाको ६ र ७ तारिख काठमाडौंमा आयोजित डिसाइपल समिटमामा काठमाडौंलगायत देशभरका विभिन्न जिल्लाबाट दुई सय वढि चर्चका पास्टरअगुवाहरुको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस