यूरोपमा भएका नेपालीभाषी चर्चहरु (इएनएससिएन) को चार दिने सम्मेलन सम्पन्न
तुरही न्यूज । ७ साउन ०८१ । काठमाडौं । यूरोपमा भएका नेपालीभाषी चर्चहरुको छाता संगतीकोरुपमा स्थापित यूरोपियन नेपाली स्पिकिङ ख्रीष्टियन नेटवर्क (इएनएससिएन) को चार दिने सम्मेलन आशिष्मय प्रकारले सम्पन्न भएको छ ।
श्रोतका अनुसार चार दिने सम्मेलन १९ जुलाईमा नर्बेमा संचालन भएर २२ जुलाईमा समापन भएको हो । सम्मेलनमा प्रमुख वक्ताहरु पास्टर रन वस्नेत, पास्टर अब्राहाम श्रेष्ठ, पास्टर माइकल मगर, पास्टर नर्बु तामाङ, रेभ दावा भुटिया र पास्टर भद्र राई हुुनुहुन्थ्यो ।
सम्मेलनमा आयोजक राष्ट्र नर्बेसहित विभिन्न बाह् देशका पास्टर तथा अगुवाहरु सहभागी भएका थिए । नर्बे, डेनमार्क, नेदरल्याण्ड, यूके, स्पेन, पोर्चुगल, वेल्जीयम, इटली, नेपाल, माल्टा, अमेरिका र भारतबाट सहभागी भएका थिए ।
सम्मेलनको अन्तिम दिन इएनएससिएनको नयाँ कार्य समिति पनि चयन भएको जनाइएको छ । स्मरण रहोस् यूरोपका विभिन्न देशमा भएका नेपालीभाषी चर्चहरुद्धारा यूरोपभरि नै ठूलो जागृती आएको छ ।
यस्तै, यो सम्मेलनले पास्टर दिनेश राउतको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा एल्डर एजकिएल वस्नेत, कोषाध्यक्षमा ममता सुब्बा, सचिवमा ...चयन हुनु भएको छ भने सदस्यहरुमा शिशिर तामाङ, सुन्दर तामाङ र शिलास घले चयन हुनु भएको कुरा निवर्तमान अध्यक्ष छिरिङ शेर्पाले तुरही न्यूजलाई बताउनु भएको छ ।
तस्विर:जनकराज शर्मा/नर्बे
.jpg)

..jpeg)









(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस