बीएनसीएको अध्यक्षमा पास्टर सान राई

तुरही न्यूज । २२ असार ०८२ । काठमाडौं । भुटनिज नेप्लीज चर्चेज अफ अमेरिका (बीएनसीए)को अध्यक्षमा पास्टर सान राई सर्वसम्मतले निर्वाचित हुनुभएको छ । 

त्यस्तै,महासचिवमा पास्टर राजु रामदाम र कोषाध्यक्षमा पास्टर गोवर विश्व चयन हुनुभएको छ । अन्य पदाधीकारीहरु निकट भविष्यमा चयन गरेर कार्य समितिलाई पूर्णता दिइने कुरा नवनिर्वाचित अध्यक्ष सान राईले बताउनु भएको छ ।


अमेरिकाको न्यूयोर्क राज्यको रोचिस्टर सहरमा यही जुलाई ३ देखि ५ तारिखसम्म आयोजित बीएनसीएको १२औं अधिवेसनले पास्टर राईलाई बीएनसीए जस्तो गरिमामय संस्थाको अध्यक्षमा निर्वाचित गरेको जनाइएको छ । 

बीएनसीएको अध्यक्षमा निर्वाचित भएपछि तुरही न्यूजसँग प्रतिक्रिया दिदैं अध्यक्ष राईले आफ्नो तीन वर्षे कार्यकालमा बीएनसीएलाई असल प्रकारले नेतृत्व प्रदान गर्दै पे्रम, आदरसहित चर्चहरुको हक तथा हितमा परमेश्वरको भयमा रहेर सम्पूर्ण ह्दयले सेवा गर्ने बताउनु भयो । 


बिएनसीएको विधान अनुसार अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ । यस अघि पास्टर भद्र राई बिएनसीएको अध्यक्षमा रहनु भएको थियो । 

को हुन पास्टर सान राई : 


पास्टर सान राई अमेरिकाको बोस्टन म्यासाचुसेट्समा श्रीमती र एक छोरीको साथमा वस्दै आउनु भएको छ । 
सन् २००९ मा नेपालको खुदनावरी शरणार्थी शिविरबाट थर्ड कन्ट्री सेटलमेन्टमा परिवारसहित अमेरिका पुग्नु भएको हो । उहाँ बोस्टन म्यासाचुसेट्समा रहेको अगापे नेपाली चर्चको पास्टर समेत हुनुहुन्छ ।


उहाँले भारतको साउथ इन्डिया थ्योलोजिकल सेमिनारीमा बाइबल थ्योलोजी अध्ययन गर्नुभएको छ । नेपालको भुटानी शरणार्थी शिविरबाट इलामको दानाबारीमा एक इसाई परिवारमा घरेलु संगति गरिरहेको अवस्थामा वि.सं.२०५२ सालमा धर्म प्र्रचारको झुठो अभियोगमा राईलगायत वाह् जनालाई इलाम जिल्ला कारागारमा १४ महिना कारागार राखेको थियो । 
 

तस्विरः बीएनसीए फेसवुक पेज । 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस